न्यूरोड र दरबारमार्गमा स्मार्ट पार्किङ बनाउने महानगरको घोषणा

न्यूरोड र दरबारमार्गमा स्मार्ट पार्किङ बनाउने महानगरको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका न्यूरोड र दरबारमार्गमा स्मार्ट पार्किङ बनाउने भएको छ।

महानगरका सहायक प्रवक्ता नवराज ढकालका अनुसार अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न आगामी साउनदेखि काम थालिनेछ। ‘साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने छ,’ उनले भने।

दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त स्मार्ट पार्किङमा हुन्छ।

जुन सवारी साधनको नं दर्ता भएको छ उक्त सवारी साधनले मात्र तोकिएको समयमा उक्त स्थानमा पार्किङको सुविधा लिन पाउनेछन् ।