काठमाण्डु – प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेश गरेका छन् ।
आईतबारको बैठकमा विधेयक पेश गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिए ।
‘२ वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ,’ उनले भने ।
प्रतिनिधिसभा अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।




प्रतिक्रिया