काठमाण्डु – प्रतिनिधिसभा बैठक पर्सि असार ५ गते बिहीबार बस्ने गरी स्थगित भएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच भिजिट भिसा प्रकरणमा सहमति जुट्न नसकेपछि अवरोधबीच बैठक चलिरहेको छ ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद बैठकमा विरोध जनाउँदै आएका छन् ।




प्रतिक्रिया