काठमाण्डु – प्रतिनिधिसभाको बैठकबाट विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
उनले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।




प्रतिक्रिया