गच्छदार प्रकरणले तात्याे संसद, दोस्रो दिन पनि अवरुद्ध

गच्छदार प्रकरणले तात्याे संसद, दोस्रो दिन पनि अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दोस्रो दिन पनि सदन अवरुद्ध पारेको छ ।

कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको हो ।

बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले संसद अवरुद्ध गर्नु रहर नभइ बाध्यताबश संसद अबरुद्ध गर्नुपरेको बताए ।

भ्रष्टाचारमुक्त समाजको अन्त्य र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ कांग्रेस सरकारले नै ऐन ल्याएर अख्तियारको स्थापना गरेको उनले स्मरण गरे ।

सांसद विश्वकर्माले अख्तियारलाई सरकारको छायाँ बनाइएको आरोप लगाए । कांग्रेसका मान्छेलाई थुन्ने निर्णय पक्षपातपूर्ण भएको उनले आरोप लगाए । कांग्रेसको विरोधपछि सभामुख अग्नि सापकोटाले बैठकलाई आधा घण्टाका लागि स्थगित गरेका छन् ।

कांग्रेस सांसदहरुले उठेर सदन अवरुद्ध पारेका हुन् । सभामुख अग्नि प्रसाद सापकोटाले पटक–पटक आग्रह गर्दा पनि उनीहरुले सदन अवरुद्ध पारेका छन् ।

कांग्रेसले आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो ।