सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न ७ सदस्य मनोनित

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न ७ सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनित भएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनित गरेका छन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा सदस्यहरू कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी सभा सञ्चालन गर्ने सदस्य मनोनित गरेका छन् ।