प्रतिनिधिसभा बैठक पुन: १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक पुन: १५ मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पुन: १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख डीपी अर्यालले पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी सांसदले आसन ग्रहण नगरेपछि बैठक पुन: स्थगित गरिएको हो । यसअघि पनि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुन: सञ्चालन गरिएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ स्वयं उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरिरहेका छन् । सांसदहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन ‘रुलिङ’ गर्न सभामुखसमक्ष माग गरेका छन् ।