काठमाण्डु – प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका २ विधेयक प्रस्तुत गरेकी छन् ।
मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।
ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।
प्रतिनिधि सभाको अर्काे बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।




प्रतिक्रिया