काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्त गर्न माग गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणामा ‘रुलिङ’ गर्न र संसद्मा आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।
उनले गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे । नेकपा (एमाले) का सांसद कृपाराम रानाले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएकोमा आफनो धारणा राखे ।
त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीमने अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे ।
उनले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा सभामुख रहनुपर्ने बताए । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी प्रश्न गरे।




प्रतिक्रिया