काठमाण्डु – राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको आइतबार बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति भण्डारीबाट चालु अधिवेशन अन्त्यको घोषणा गरेको पत्र पढेर सुनाएका थिए ।
पत्रमा राष्ट्रपति भण्डारीले पुस २६ गते आइतबार राती १२ बजेबाट अन्त्य गरेको उल्लेख गरेकी छिन् । पत्र बढेर सुनाएपछि अध्यक्ष तिमल्सिनाले बैठक अन्त्य भएको घोषणा गरेका थिए ।





प्रतिक्रिया