काठमाण्डु – आजको प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् ।
निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई एमाले र माओवादी केन्द्र अलग भइसकेको पत्र पठाएसँगै बस्ने ठाउँ पनि फरक भएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले सत्तापक्षकै लाइनमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको बस्ने सिट अलग हुनेछ । किनकी प्रचण्ड माओवादी केन्द्रका सांसदहरुको लहरमा बस्नेछन् भने नेपाल र खनाल एमालेका सांसदहरु बस्ने लहरमा बस्नेछन् ।
बुधवारको बैठकमा समेत विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रतिनिधिसभाको फागुन २३ गते बसेको बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेका थिए ।




प्रतिक्रिया