यी हुन संसद बैठकमा ११ पटक भन्दा उपस्थित नहुने सांसद (नामसहित)

यी हुन संसद बैठकमा ११ पटक भन्दा उपस्थित नहुने सांसद (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभामा ११ पटक भन्दा बढी उपस्थित नहुने सांसदको नाम सार्वजनिक गरेका छन् ।

शुक्रबार बसेको संसद बैठकमा सभामुख सापकोटाले ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन् ।

सबैभन्दा बढी नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले अस्वस्थ भएका कारण संसदमा उपस्थित हुन नसकेको उल्लेख गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित छन् । उनको निधन भइसकेको छ ।

नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन् । उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन् । सांसद कलिला खातुन १७ बैठकमा अनुपस्थित भएकी छन् । उनले इद मनाउन विदा लिएको उल्लेख गरेकी छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित भएका छन् । उनीहरु अस्वस्थ भएको कारण उल्लेख गरेका छन् । सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् ।

सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गरेका छन् । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् । उनले आफू घरायसी कामले आउन नसकेको बताएका छन् ।