प्रतिनिधिसभा बैठक सर्‍यो, नेम्वाङको अन्त्येष्टिपछि बस्ने

प्रतिनिधिसभा बैठक सर्‍यो, नेम्वाङको अन्त्येष्टिपछि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक सरेको छ ।

भोलि बुधबार दिउँसो १ बजेका लागि राखिएको बैठक पर्सि नेम्वाङको अन्त्येष्टिपछि बस्ने भएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गरी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजेका लागि तोकेका जानकारी दिए ।

मंगलबारका लागि तय भएका प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका बैठक पनि स्थगन भएका छन् ।