प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित


काठमाण्डु – प्रतिनिधिसभा बैठकले संविधानसभा अध्यक्ष, पूर्व सभामुख, प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकले स्व. नेम्वाङको निधनको शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा नेम्वाङको सम्मानमा १ मिनेट उठेर मौन धारण समेत गरिएको छ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

पूर्व सभामुख नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान ३ बजे निधन भएको थियो । नेम्वाङको बिहीबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement