सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीले लेख्यो पत्र

सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीले लेख्यो पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेकोबारे पत्र पठाएको छ ।

सीआईबीले बुधबार पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले सभामुख घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा.–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

सांसदलाई पक्राउ गर्दा संसद्लाई जानकारी गराउने गरिएको भए पनि सीआईबीले अनुसन्धानकै क्रममा सभामुखलाई पत्र पठाएको छ ।