प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी सूचना टाँस गरेर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयासका लागि दिउँसो २ बजेसम्म सारिए पनि अन्तिममा सूचना टाँस गरेर स्थगित गरिएको छ ।

संसद् सचिवालयका अनुसार अर्को बैठक जेठ ६ गते आईतबार बिहान ११ बजे बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।