प्रतिनिधि सभा बैठक दुई बजेसम्मका लागि सारियो

प्रतिनिधि सभा बैठक दुई बजेसम्मका लागि सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा बैठक दुई बजेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले बैठक दुई बजेसम्मका लागि सारेका हुन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल बैठक बसिरहेकाले विपक्षी दलहरूको आग्रहमा सारिएको हो ।

सहकारी संस्था ठगीबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ । कार्यदल बैठकले टिओआरमा सहमति नगरेसम्म विपक्षी दलले बैठक नचलाउन सभामुखलाई आग्रह गरेका थिए ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्‌मा सुन्ने निर्णय गरेको छ । तर, विपक्षी नेताहरूले कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो नलगाएसम्म संसद् कार्यसूचीमा प्रवेश गर्न नसक्ने बताइरहेका छन् ।