काठमाण्डु – प्रतिनिधि सभाको आजको बैठकले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता गरेको छ ।
मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेले प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह गरेका थिए ।
सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो ।




प्रतिक्रिया