प्रतिनिधि सभा बैठक २९ गते बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित

प्रतिनिधि सभा बैठक २९ गते बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले २९ गते बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरेका हुन् ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले प्रतिनिधि सभा बैठक दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । त्यही निर्णय बमोजिम बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।