प्रतिनिधि सभाका सांसदहरूको विषयगत समिति हेरफेर

प्रतिनिधि सभाका सांसदहरूको विषयगत समिति हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका केही सदस्यहरूको विषयगत समिति हेरफेर भएको घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवी, संसदीय सुनुवाइ समितिमा डोलप्रसाद अर्यालको स्थानमा स्वर्णिम वाग्लेको नाम हेरफेर गरिएको जानकारी दिए ।

अर्थ समितिमा प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानून न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको छ ।

मेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बु र मोहनबहादुर बस्नेतलाई राखिएको सभामुख घिमिरेले जानकारी दिए ।

हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा तथा असिम शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा सारिएको पनि सभामुख घिमिरेले जानकारी दिए ।