काठमाण्डु – प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ ।
शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको नामलाई सभाले अनुमोदन गरेको छ ।
सभाले सांसदहरू ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईलाई बैठकको अध्यक्षता गर्ने विशेष जिम्मेवारी दिएको छ ।




प्रतिक्रिया