काठमाण्डु – प्रतिनिधिसभा बैठक बुधबार बस्दै नबसी बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
बुधबार बिहान ११ र सवा ३ बजे तय गरिएको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
विपक्षीको अवरोधबीच सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरे पनि सहमति जुट्न सकेको छैन ।





प्रतिक्रिया