सभामुखको भूमिकामाथि ओली पक्षको आशंका, संसद बैठकमा मुठभेडको खतरा

सभामुखको भूमिकामाथि ओली पक्षको आशंका, संसद बैठकमा मुठभेडको खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संसद बैठक बस्ने कार्यसूची रहेको छ । प्रचण्ड–नेपाल पक्षले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दैछ ।

सोही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुको छुट्टै छलफल भएको छ । आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको ओली निकट एक सांसदले बताए । उनकाअनुसार सभामुख अग्नी प्रसाद सापकोटाको भूमिकामाथि नै प्रश्न उठेको छ ।

सभामुखले संसद बैठक अगाडि कार्यव्यवस्था परामर्श समितकाे बैठक बाेलाउने प्रावधान रहेकाे छ । तर, समितिको बैठक नबोलाएकाले सभामुख सापकोटाको भूमिकामाथि नै प्रश्न उठेको हाे ।

कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतक, सचेतक सदस्य रहने व्यवस्था छ । समितिको सदस्य मुख्य सचेतक विशाल भट्टराई छन् भने सचेतकमा शान्ता चौधरी रहेकी छन् । तर, सभामुख सापकोटाले भट्टराईलाई मुख्य सचेतक नमान्ने अड्डी लिएका छन् ।

‘सभामुखजीले कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाउनु भएको छैन् । दलको नेता प्रचण्डलाई माने वा बोल्न दिए पनि हामी प्रतिकारमा उत्रिन्छौं’, तीन सांसदले भने ।