संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले संसदको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्नका लागि संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको हो । संसद अधिवेशनबाट अध्यादेश खारेज गर्दा कानूनी जटिलता बढ्ने भएकाले सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

आइतबार बसेको गठबन्धनको बैठकले पनि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ता नलिई मन्त्रिमण्डल विस्तार गर्दा पार्टी फुट्ने डर नेकपा (एकीकृत समाजवादी) र जसपामा रहेको छ ।

सरकारले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ ।