काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको २९ वटा रिट खारेज गरेको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसद विघटन गरेकी थिइन् ।
सो विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसद र कानुन व्यवसायीहरुले पिआइएल प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट हालेका थिए ।
सरोकारवाला देउवाको रिटमा फैसला आइसकेको भन्दै सर्वोच्चले अन्य रिट खारेज गरिदिएको हो ।




प्रतिक्रिया