संसद विघटन मुद्धामा प्रधानन्यायाधीशले छोट्याए समय, अब १५ मिनेट मात्र बहस गर्न पाइने

संसद विघटन मुद्धामा प्रधानन्यायाधीशले छोट्याए समय, अब १५ मिनेट मात्र बहस गर्न पाइने


काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा बहसको समय छोट्याएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस लम्बिएपछि बुधबार १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश राणाले अब १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेका हुन् ।

उनले अहिलेकै अवस्थाले मुद्दा टुंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेको जानकारी दिए ।

प्रधानन्यायाधीश राणाले अझैं सात वटा मुद्दामा सुनुवाइ हुन बाँकी रहेको स्मरण गराउँदै समयको ख्याल गर्न आग्रह गरे ।

आजै सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लले पनि रिट निवेदकलाई बहस कहिलेसम्म लम्ब्याउने भनेर प्रश्न गरेकी थिइन् ।

आज वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, युवराज संग्रौला र हरिहर दाहालले मात्र बहस गरेका थिए । ३०० जना अधिवक्ताहरूले वकालतनामा लेखाएका छन् ।