काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको आजको बैठक सकिएपछि संसद भवन पुगेका छन् ।
सअघि सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमा नबसेका प्रधानमन्त्री ओली आज भने बैठक सकिएपछि पुगेका हुन् ।
आजको बैठक सभामुख अग्नि सापकोटाले समयमै सुरु गरेका थिए । समयमै सुरु भएको बैठक जम्मा ७ मिनेटमात्रै बसेको थियो ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओली मात्र हैन आजको संसदमा अन्य मनत्रीहरु समेत अबेर पुगेका थिए ।प्रधानमन्त्री ओलीले आज बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।




प्रतिक्रिया