काठमाण्डु — संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।
दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेकाले दोस्रो दिनको बैठक शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।





प्रतिक्रिया