काठमाडौं – आज दिउँसाे १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको टुंगो लगाउन नसकेपछि बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । बैठक माघ १ गते दिउँसाे १ बजेका लागि बेालाइएकाे छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालय बैठकले निर्देशन दिएको भए पनि उनले राजीनामा गर्न मानेकी छैनन् । उनले पार्टीको निर्देशनलाई बेवास्था गर्दै राजीनामा नदिने अडान लिएकी छन् ।
अध्यक्षद्वय ओली र प्रचण्डले राजीनाम दिएर बोटो खोलिदिन आग्रह गरेपछि उनले अस्वीकार गरेकी हुन् । उनले आफू सभामुखका लागि योग्य भएको भन्दै सभामुख आफैं हुनुपर्ने अडान लिएकी छन् ।
तुम्वाहाङ्फेले आफूले नै संसद् बैठक सञ्चालन गर्ने तयारी गरेकी थिइन् ।




प्रतिक्रिया