काठमाण्डु – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संसद बैठक बस्ने कार्यसूची रहेको छ । प्रचण्ड–नेपाल पक्षले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दैछ ।
सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशनसम्बन्धी र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
उनले संसद नबसेको अवस्थामा अध्यादेशमार्फ आउका विधेयकहरु पेश गर्ने कार्यसूची रहेको बताए । १४ जना सांसदको निधनमा आजको बैठकमा सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ ।




प्रतिक्रिया