काठमाण्डु – संसद सचिवालयले भोलि शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तयार पारेको छ ।बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।
सचिवालयले आज सार्वजनिक गरेको कार्यसूची अनुसार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।





प्रतिक्रिया