एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।

एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए ।

उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।