कांग्रेस र माओवादीको विरोधपछि सूचना प्रविधिसम्बन्धी विधेयक संसदको कार्यसूचीबाट हटाइयो

कांग्रेस र माओवादीको विरोधपछि सूचना प्रविधिसम्बन्धी विधेयक संसदको कार्यसूचीबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवादास्पद सुचना प्रविधीसम्बन्धी विधेयक प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

आज बस्ने बैठकका लागि संसद सचिवालयले बुधबार सार्वजनिक गरेको कार्यसूचीमा सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समावेश गरिएको थियो ।

बैठकअघि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हो ।

विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय भएको थियो । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज पेश गर्ने कार्यसूची सार्वजनिक भएको हो । जुन विधेयक विवादित छ ।

२०७६ पुस १३ मा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत राख्दाराख्दै संसदको विकास तथा प्रविधि समितिले उक्त विधेयक बहुमतले पारित गरेको थियो ।