विवादित सूचना प्रविधि विधेयकको प्रतिवेदन संसदमा पेस गरिँदै


काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयले बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिएको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज पेश गर्ने कार्यसूची सार्वजनिक भएको हो ।

जुन विधेयक विवादित छ । २०७६ पुस १३ मा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत राख्दाराख्दै संसदको विकास तथा प्रविधि समितिले उक्त विधेयक बहुमतले पारित गरेको थियो ।

त्यसैगरी, सो बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि व्यक्त गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement