संसदमा कुन पार्टीको कति सिट ? सरकार निर्माण कसरी हुन्छ ?

संसदमा कुन पार्टीको कति सिट ? सरकार निर्माण कसरी हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको फैसलाले पुनः सरकार परिवर्तनको खेल सुरु हुने भएको छ ।

सर्वोच्चले ऋषिराम कट्टेलको नेकपाको पक्षमा फैसला गरेपछि सत्तारुढ नेकपा पूर्ववत् रुपमा फर्किएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्चको फैसलापछि खारेज भएको हो ।

यसको प्रभावमा संसदमा पनि परेको छ । संसदमा चार वटा दल अस्तित्वमा आएका छन् । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् ।

२०७४ सालको निर्वाचनमा सबैभन्दा बढी एमालेको देखिएको छ । प्रतिनिधिसभामा एमालेको १२१ सिट रहेको छ । सांसद सानु सिवाको निधन भएपछि एमालेको १२० सिट रहेको छ । एमालेले प्रत्यक्षबाट ८० र समानुपातिकबाट ४१ सिट जितेको थियो ।

दोस्रो स्थानमा रहेको कांग्रेसको ६३ सिट, माओवादी केन्द्र ५३ र जनता समाजवादी पार्टीको ३४ सिट रहेको छ । कांग्रेसले प्रत्यक्षबाट २३ र समानुपातिकबाट ४०, माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकबाट १७ सिट जितेको थियो भने जसपाले प्रत्यक्षमा २१ र समानुपातिकमा १२ सिट जितेको थियो ।

कांग्रेसका दुई जना सांसद पनि निलम्बनमा छन् । सांसद विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलम निलम्बनमा परेपछि कांग्रेसका ६१ जना सांसद रहेका छन् । त्यस्तै जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

अब संसदमा कुनै पनि दलले मिलिजुली सरकार निर्माण गर्नुपर्ने भएको छ । जसअनुसार एमाले (१२०) र कांग्रेस (६१) मिलेर नयाँ सरकार गठन गर्न सकिन्छ । एमाले (१२०) र माओवादी (५३) बीच पनि बहुमतको सरकार गठन हुन सक्नेछ । यस्तै तीन पार्टी कांग्रेस (६१), माओवादी (५३) र जसपा (३४) मिलेर सरकार गठन हुने सम्भावना देखिएकाे छ ।

स्रोत: निर्वाचन आयोग