काठमाण्डु – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसदको अधिवेशन अन्त्य गरेकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए । पत्रमा संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य भएको उल्लेख छ । साथै राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य भएको छ ।
‘चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी स्वतः अन्त्य हुने गरी स्थगित हुन्छ,’ उनले भने।
सभामुख सापकोटाले विजनेश नभएकाले अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएका थिए । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । सर्वोच्चको आदेशपछि साउन ३ गते संसदको अधिवेशन बसेको थियो ।




प्रतिक्रिया