काठमाण्डु – प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलब–भत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो ।
चालु आर्थिक वर्ष अर्थात् साउनदेखिको तलब–भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत संसद् सचिवालयको प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो ।
यस्तै, राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागिसमेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो ।
सभामुखको पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया