हतियार खरिद प्रकरण : सदनमा एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

हतियार खरिद प्रकरण : सदनमा एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री देउवासँग जवाफ माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका कुरा उठेको भन्दै उनले यसबारेमा स्पष्ट पार्न प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।

‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा धेरै कुरा उठिरहेको छ,’ उनले भनिन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । यो सदनमा आएर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न ? तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’