काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको छानविन गर्न माग गर्दै अवरुद्ध पार्दै आएको प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सहमति भएको छ ।
सभामुख कृष्ण बहादुर महराको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा संसद बैठक सञ्चालनका लागि सहमति जुटेको हो ।
सहमतिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने विषय समावेश गरिएको छ ।
छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।
निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक २ः३० सम्मका लागि सारिएको छ । यस्तै १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।




प्रतिक्रिया