राष्ट्रपतिलाई भेटेर के भने जापानी उपमन्त्रीले?

राष्ट्रपतिलाई भेटेर के भने जापानी उपमन्त्रीले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरीले भेट गरेका छन्।

 

 

नेपालको त्रि–दिवसीय भ्रमणमा रहेका होरीले बुधबार अपराह्न राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

 

 

भेटमा नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

 

भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियों।