गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन

गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन


काठमाण्डु – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट बाँड्नका लागि पार्टी सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बोर्ड गठन गरेको प्रवक्ता देवराज चालिसेले बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने कार्यतालिका रहेको छ ।

सभापति थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहेका छन् । कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगबाट आधिकारिकता पाएसँग निर्वाचन केन्द्रित भएको छ ।