संसद विघटनः सरकारी पक्षको बहस सकियो, निजी वकिलको बहस सुरु

संसद विघटनः सरकारी पक्षको बहस सकियो, निजी वकिलको बहस सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धमा सर्वोच्च अदालतमा जारी सरकारी वकिलको बहस सकिएको छ ।

सरकार पक्षका वकिलहरुको बहस सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका निजी वकिलहरुको बहस सुरु भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलहरुको बहस सकिएपछि सभामुख अग्नी प्रसाद सापकोटाका कानून व्यवसायीहरुले बहस गर्नेछन् ।

सोमबारबाट जारी भएको बहसमा महान्यायाधीवक्ता र सहमहन्यायाधीवक्ताले ७ घण्टा १० मिनेट बहस गरेका थिए ।