प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ।संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।