फेरि संसद् अवरुद्ध गर्ने विपक्षीको तयारी

फेरि संसद् अवरुद्ध गर्ने विपक्षीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– विपक्षी दलले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा बैठक अवरुद्ध गर्ने भएका छन् ।

संशोधन प्रस्ताव प्रस्तुत गर्ने क्रममा बैठकमा सहभागी भएका विपक्षीले जवाफ दिने क्रममा भने अवरुद्ध गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको आरोप लगाउँदै बुधबार पनि काँग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले संसद् बैठक अवरुद्ध गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले अर्थमन्त्रीले नभई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदका प्रश्नको जवाफ दिनुपर्ने अडानमा आफूहरु कायमै रहेको बताए ।

‘प्रधानमन्त्रीले संसदलाई उपेक्षा गर्नुभएको छ । छलफलमा उठेका प्रश्नको जवाफ मन्त्रीले होइन, प्रधानमन्त्रीले दिनुपर्छ’, उनले काठमाण्डुपाटीसँग भने, ‘प्रधानमन्त्री आउनुभएन भने आज पनि बैठक चल्न दिँदैनौं ।’

यसअघि बैठक सुरु भएलगत्तै समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री जवाफ दिन नआए आज पनि बैठक बल्न नसक्ने बताएका थिए ।