जसपा-जनमत पार्टीका कार्यकर्ताबीच झडपः घाईते सांसद साहलाई थप उपचारका लागि काठमाण्डु ल्याइयो

जसपा-जनमत पार्टीका कार्यकर्ताबीच झडपः घाईते सांसद साहलाई थप उपचारका लागि काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते भएका जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । शनिबार सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाण्डु ल्याइएको हो ।

झडपमा सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले काठमाण्डु ल्याइएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले बताए । डिएसपी बुढाथोकीका अनुसार क्लवको जग्गा विषयमा विवादपछि झडप भएको थियो । एक पक्षले क्लवको जग्गाको बीचबाटै बाटो बनाउनुपर्ने र अर्का पक्षले क्लवको जग्गाको साइडबाट बाटो बनाउनुपर्ने अडान लिएको थियो ।

सोही क्रममा झडप हुँदा ढुंगाले वा भाटाले हानेर सांसद साहको टाउकोमा प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा संलग्न कोही पक्राउ नपरेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।