अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अन्तर्राष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ शुक्रबार मनाइँदै छ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु भएको हो। असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ।