काठमाण्डु – पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार प्रदीप जयसवाललाई हराउँदै गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार जसवन्त यादव निर्वाचित भएका हुन् । यादवले १ हजार ८ सय ३१ मतान्तरले जयसवाललाई पराजित गरेका हुन् ।
जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यादवले ६ हजार ६ सय ४१ मत ल्याएका छन् भने जयसवालले ४ हजार ८ सय १० मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी छन् । विष्टले एमालेकी फूलमतिकुमारी थरुनीलाई २ सय १२ मतले पराजित गरेकी हुन् ।
विष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छन् भने थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया