कार र मोटरसाइकलमा १२० केजी गाजा ओसार्दै गरेका चारजना पक्राउ

कार र मोटरसाइकलमा १२० केजी गाजा ओसार्दै गरेका चारजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाजा सहित चार जनालाई पक्राउ गरेको छ। । प्रहरीले वीरगन्ज महानगरपालिका- २८ बगहीबाट बुधबार राति कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई राति साढे १० बजे पर्सा वीरगञ्ज महानगरपालिका २८ बगहीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी १७ बस्ने २१ वर्षीय रमेश लामिछाने, पर्सा पटेर्वासुगौली ४ बस्ने ४२ वर्षीय प्रेम दास, पर्सा सखुवाप्रसौनी ६ बस्ने ३५ वर्षीय राजेश खवास र सर्लाही लालबन्दी १७ बस्ने २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन्।

उनीहरुको साथाबाट एक सय २० केजी गाजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गाजा ओसार्नमा प्रयोग गरिएको बीआर ०१ डी बी ०००३ नम्बरको कार र ना२४ प ८७६४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राठौरले बताए।