जिद्धी गरेपछि पर्सामा बाबुले गरे छोरीको हत्या

जिद्धी गरेपछि पर्सामा बाबुले गरे छोरीको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – पर्सामा ७ वर्षीय छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

गएको चैत ११ गते बीरगन्ज महानगरपालिका १ छप्कैयाका संजय सरार्फले छोरी अंशू कुमारी सरार्फको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सरार्फले यसअघि छोरीले आत्महत्या गरेको बताएका थिए । घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको भन्दै सोही दिन आफैं अस्पताल लगेका थिए । अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरीलाई बयान दिएका थिए ।

सरार्फले छोरीले जिद्दी गरेको र सुरुमा झापड लगाएर पछि हातले घाँटी थिचेको वयान प्रहरीलाई दिएका छन् ।