पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।६० वर्षीया महिला भारतको मुम्बई र १८ वर्षीय युवक उत्तरप्रदेशबाट जेठ १३ गते आई दीपनारायण माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।